राजनीति


निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्छः राष्ट्रपति

निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्छः राष्ट्रपति

नेपालखबर
माघ ९, २०८२ शुक्रबार २०:५२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले आगामी निर्वाचन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको बताए।

राजनीतिक दलसहित सबैको निर्वाचन प्रक्रियामा देखिएको चासो र उल्लासमय सहभागितासँगै यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सघाउन सुरक्षा निकायले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे। 

राष्ट्रपति पौडेलले भने, ‘संक्रमणकालीन अवस्थाको पहिलो संविधान सभाको निर्वाचन २०६४ मा महत्वपूर्ण भूमिका र त्यसपछिका निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलको भूमिका महत्वपूर्ण छ। यो निर्वाचन हाम्रो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको छ। राजनीतिक दलसहित सबैको निर्वाचन प्रक्रियामा देखिएको चासो र उल्लासमय सहभागितासँगै यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सघाउन सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैनन् भन्ने पूरा विश्वास लिएको छु।’ 

उनले राष्ट्रमा समस्या र विपद् आउँदा सुरक्षा निकाय नै अग्रपंक्तिमा रहने गरेको स्मरण गरे। सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनतको सर्वोत्तम हितका लागि काम गर्नु रहेको राष्ट्रपतिको भनाई थियो।

उनले भने, ‘जब राष्ट्रमा समस्या पर्छ, विपद् आउँछ, सीमामा चुनौति थपिन्छ, राज्यको अर्थतन्त्र जब कमजोर हुनथाल्छ, सबैभन्दा अघि उभिने तपाईंहरु नै हो। वास्तवमा सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनतको सर्वोत्तमम हितका लागि काम गर्नु हो। संविधान, लोकतन्त्र र जनताको भरोसा नै यो संगठनको सबैभन्दा ठूलो शक्ति हो। नागरिकको आँखामा देखिने विश्वास र राष्ट्रको मनमा बस्ने गर्व यसको साँचो परिचय बनिरहनेछ।’

राष्ट्रपति पौडेलले आसन्न निर्वाचनमा पनि सशस्त्र प्रहरी बलको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad