सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ।
शुक्रबार दिउँसो नवनिर्वाचित सभापति थापाको सभापतित्वमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो। थापा सभापति भएपछि पहिलो पटक कांग्रेस केन्द्रीय कार्यालयमा बैठक बसेको छ।
यसअघि सभापति थापा कांग्रेस केन्द्रीय कार्यालय गएका थिएनन्। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि बाहिरै बस्दै आएको थियो।
आजको बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश सभापति उपस्थिति रहेका छन्। आजको बैठकमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने एजेन्डा छ।
केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनुअघि थापाले केन्द्रीय कार्यालयमा सभापतिको पदभार ग्रहण गरेका थिए। उनका लागि केन्द्रीय कार्यालयमा कार्यकक्ष तयार गरिएको थियो।






Shares

प्रतिक्रिया