राजनीति


दोलखाका रास्वपा उम्मेदवार जगदीश खरेलसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

दोलखाका रास्वपा उम्मेदवार जगदीश खरेलसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०८२ शुक्रबार ६:१४, काठमाडौँ

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार यही माघ ६ गतेका दिन उम्मेदवारी दर्ताका क्रममा तोकिएको भन्दा बढीको जुलुस लिएर गएको पाइएकाले स्पष्टीकरण माग गरिएको हो। 

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा १ को व्यवस्थाको प्रतिकूल हुनेगरी दलको झण्डा प्रयोग र आचारसंहितामा तोकेको भन्दा बढीको जुलुस लिएर गएको हो वा होइन भन्ने विषयमा स्पष्टीकरण पेस गर्न भनिएको छ। 

तोकिएको समयभित्रै आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको आयोगले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad