राजनीति


बालेनसँग गएको भोलिपल्ट नै एमालेमा फर्किए युवा संघ दमकका सचिव

बालेनसँग गएको भोलिपल्ट नै एमालेमा फर्किए युवा संघ दमकका सचिव

नेपालखबर
माघ ८, २०८२ बिहिबार १५:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई सघाउन गएका राष्ट्रिय युवा संघ, दकम नगर कमिटीका सचिव कमलप्रसाद गैरे २४ घण्टा नबित्दै एमालेमा फर्किका छन्। 

बिहीबार गैरले एमालेमै फर्किएको घोषणा गरेका छन्। केही व्यक्तिको दबाब र प्रभावमा रास्वपामा गएको जिकिर गर्दै आज पुरानै जिम्मेवारीमा फर्किएको उनले जनाएका छन्। 

‘हिजो केही व्यक्तिहरूको ‌दबाब र प्रभावमा परी सामाजिक सञ्जालमार्फत पार्टी छोडेको भनेर लेखेता पनि मैले गहिरो सोच, अध्ययन र विश्लेषण गर्दा नेकपा (एमाले) मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेकाले हिजो गरेका गल्तीलाई सच्चाई ‌समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमा नै हिजो पनि यही थिए, आज पनि यही छु र भोलि पनि यही रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन्। 

अब प्रतिनिधि सभाको चुनावमा ओलीलाई जिताउन खटिने जनाएका छन्। ‘दमक तथा झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रकै विकासका लागि राष्ट्रनायक केपी ओली नै भएको हुनाले केपी ओलीलाई जिताउनका लागि म यथाववत रुपमा यही पार्टी तथा संगठनमा रहि यो अभियानलाई पूरा गर्ने संकल्प सहित प्रतिबद्ध रहेको सम्पूर्णमा जानकारी गराउन चाहन्छु,’ गैरले भनेका छन्। 

उनले आफू विद्यार्थी कालदेखि नै एमालेसँग आवद्ध रहेको उल्लेख गरेका छन्। अनेरास्ववियु हुँदै अहिले राष्ट्रिय युवा संघ, नेपाल दकमको सचिव रहेको जनाएका छन्। अब यसै भूमिकामा काम गर्ने उनको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad