राजनीति


महेश बस्नेतले भने- यसपाली अरु पार्टीले पनि मलाई जित्न सजिलो हुने उम्मेदवार पठाए

महेश बस्नेतले भने- यसपाली अरु पार्टीले पनि मलाई जित्न सजिलो हुने उम्मेदवार पठाए

नेपालखबर
माघ ६, २०८२ मंगलबार १२:६, काठमाडौँ

नेकपा एमालेका नेता महेश बस्नेतले यसपटक अन्य दलले समेत आफूलाई जित्न सजिलो हुने उम्मेदवार पठाएर सहयोग गरेको बताएका छन्। 

भक्तपुर-२ मा उम्मेदवारी दर्ताका लागि पुगेका उनले आफूमाथि सद्भाव राखेरै कमजोर खालका उम्मेदवार उठाएको टिप्पणी गरे।

‘कतिपय पार्टीले त स्थानीय उम्मेदवार नपाएर टुरिस्ट उम्मेदवार दिए भन्ने सुनियो,’ बस्नेतले भने, ‘अन्य पार्टीका उम्मेदवार हेर्दा पनि यसपाली एमालेप्रति सद्भाव राखेर एमाले जितोस् भन्ने मनसाय राखेर नै उम्मेदवारी दिएको देखिन्छ।’

उनले जनताले चिनेका र रुचाएका उम्मेदवार अन्य पार्टीले नदिएको समेत दाबी गरे।

‘जनताले चिनेका, जनताले रुचाएका उम्मेदवार खासमा यहाँ आउनु भएको छैन,’ बस्नेतले भने, ‘प्रत्यक्ष, अप्रत्यक्षरुपमा चुनाव जित्ने वातावरण बनाइदिनु भएको छ। म सबैलाई धन्यवाद दिन चाहान्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad