राजनीति


देउवाको निर्वाचन क्षेत्रमा कांग्रेसले नैनसिंह महरलाई बनायो उम्मेदवार

देउवाको निर्वाचन क्षेत्रमा कांग्रेसले नैनसिंह महरलाई बनायो उम्मेदवार

नेपालखबर
माघ ६, २०८२ मंगलबार ८:१७, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा यसपटक पार्टीले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ।

पार्टीले टिकट लिन बाेलाएकाे महरले नेपालखबरलाई बताए। 

महर नेविसंघका पूर्वअध्यक्ष हुन्। 

देउवाले भने यसअघि नै आफू यसपालि चुनाव नलड्ने बताइसकेका छन्।  

२०४८ सालदेखि डडेल्धुराबाट निरन्तर चुनाव लडिरहेका र जितिरहेका देउवालाई अब निर्वाचन नलड्न सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अनुरोध गरेका थिए।

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व अर्को पुस्तामा गएपछि उम्मेदवार चयनमा पनि विगतको संरचना भत्किएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad