नेपाली कांग्रेसले सप्तरीका ४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेसले सप्तरी १ मा रामदेव साह उम्मेदवार बनाएको छ।
यस्तै सप्तरी २ मा रामकुमार यादवले टिकट पाउँदा सप्तरी ३ मा दिनेश यादव उम्मेदवार बनेका छन्। यस्तै कांग्रेसले सप्तरी ४ मा पूर्वमन्त्री तेजुलाल चौधरीलाई उम्मेदवार बनाएको छ।
बाराका चारवटै क्षेत्रमा उम्मेदवारको टुंगो
नेपाली कांग्रेसले बाराको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ। सहमहामन्त्री फरमुल्लाह मन्सुरको गृहजिल्ला बारामा चारवटै निर्वाचन क्षेत्रमा सभापति थापाले आफू निकटलाई मात्र टिकट थमाएका छन्।
बारा १ मा शम्भुबहादुर बुढाथोकीले टिकट पाउँदा बरा २ मा भैयाराम यादव उम्मेदवा बनेका छन्।
बारा ३ मा सहमहामन्त्री फरमुल्लाह मन्सुर उठेदा बारा ४ मा श्यामबाबु गुप्तालाई उम्मेदवार तय गरिएको छ। कृष्ण सिटौला निकट पूर्व सहमहामन्त्री उमाकान्त चौधरी टिकट पाउन वञ्चित भएका छन्।
Shares

प्रतिक्रिया