राजनीति


उम्मेदवारी दर्ताको लागि नारायणकाजी पुगे सर्लाही

उम्मेदवारी दर्ताको लागि नारायणकाजी पुगे सर्लाही

नेपालखबर
माघ ५, २०८२ सोमबार १२:५५, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ताको लागि सर्लाही पुगेका छन्। 

आइतबार राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका श्रेष्ठले सर्लाही-३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन गर्ने कार्यक्रम छ। 

आइतबार साँझ सर्लाही पुगेलगत्तै श्रेष्ठले गाउँगाउँमा पुगेर मत माग्न थालेका हरिवन नगरपालिकाका मेयरसमेत रहेका नेकपाका नेता कमल बुढाथोकीले जानकारी दिए। 

सोमबार बिहान श्रेष्ठ हरिवन-५ घुर्कौलीमा पुगेर सोनाम ल्होसार कार्यक्रममासमेत सहभागी भएका छन्। 

त्यहाँ श्रेष्ठलाई नेकपाका नेता सुरेन्द्र लामा, प्रदेश सांसद बेची लुंगली लगायतकाले स्वागत गरेका छन्। 

आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मंगलबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad