राजनीति


कांग्रेसका ११० समानुपातिक उम्मेदवार, को छन् क्लस्टरको पहिलो नम्बरमा?

कांग्रेसका ११० समानुपातिक उम्मेदवार, को छन् क्लस्टरको पहिलो नम्बरमा?

नेपालखबर
माघ ५, २०८२ सोमबार १३:५, काठमाडौँ

नेपाली कांग्रेसका ११० जना समानुपातिक तर्फका उम्मेदवारको सूची सार्वजनिक भएको छ। निर्वाचन आयोगले आइतबार राति समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको हो। 

कांग्रेसबाट खसआर्य क्लस्टर पुरुषतर्फ पहिलो नम्बरमा अर्जुननरसिंह केसीको नाम छ भने महिलातर्फ सुशीला ढकाल आचार्यको नाम रहेको छ।

यस्तै आदिवासी जनजाति क्लस्टरको पुरुषतर्फ भीष्मराज आङदम्बे छन् भने महिलातर्फ गीताकुमारी सेन्दाङको नाम रहेको छ। मधेसी पुरुषतर्फ मोहनचन्द्र यादव र महिलातर्फ निनु कर्णको नाम रहेको छ। 

यस्तै थारू क्लस्टको पुरुषतर्फ मिनराज चौधरी र महिलातर्फ प्रमिलाको नाम बन्दसूचीको पहिलो नम्बरमा छ। दलित क्लस्टरको पुरुषतर्फ मानबहादुर नेपाली र महिलातर्फ हरिनादेवी कामी पहिलो नम्बरमा छन्।

यस्तै मुस्लिम क्लस्टरको पुरुषतर्फ जमिल अख्तर मियाँ र महिलातर्फ शाहजान खातुन पहिलो नम्बर छन्।

कांग्रेसको समानुपातिक उम्मेदवारको सूची:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad