राजनीति


काठमाडौँ महानगरको बागडोर सुनिताको हातमा

काठमाडौँ महानगरको बागडोर सुनिताको हातमा

काठमाडाैं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोला


नेपालखबर
माघ ४, २०८२ आइतबार १७:१३, काठमाडौँ

काठमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन्। मेयर बालेन शाहले पदबाट राजीनामा दिएपछि उनी स्वतः कार्यवाहक मेयर बनेकी हुन्। 

नेपालको संविधान २०७२ को धारा ११६ को उपधारा ८ मा मेयरले उपमेयर समक्ष राजीनामा दिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार बालेनले आइतबार उपमेयर सुनिता डंगोल समक्ष राजीनामा बुझाएका हुन्। 

उपमेयर सुनिता समक्ष बालेनले दिएको राजीनामा हेर्नुहोस्

संविधानमा नगर कार्यपालिका प्रमुख/उपप्रमुखबारे व्यवस्था छ। नेपालको संविधान २०७२ को धारा ११६ को उपधारा ८ मा मेयरले उपमेयर समक्ष राजीनामा दिनुपर्ने हुन्छ। सोही व्यवस्थाअनुसार बालेनले आइतबार उपमेयर सुनिता डंगोल समक्ष राजीनामा बुझाएका हुन्। 

प्रमुखले उपप्रमुख समक्ष र उपप्रमुखले प्रमुखसमक्ष लिखित राजीनामा दिएमा, पदावधि समाप्त भएमा र मृत्यु भएमा पदरिक्त हुने व्यवस्था यो धारामा छ। 

यो पनि: बालेनले दिए काठमाडौँको मेयरबाट राजीनामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad