राजनीति


आकांक्षी धेरै हुँदा नेकपाले अझै टुंग्याउन सकेन महोत्तरीमा उम्मेदवार

आकांक्षी धेरै हुँदा नेकपाले अझै टुंग्याउन सकेन महोत्तरीमा उम्मेदवार

नेपालखबर
माघ ४, २०८२ आइतबार ११:३९, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई महोत्तरीमा उम्मेदवार टुंग्याउन सकस परेको छ। 

आकांक्षी धेरै भएपछि नेकपालाई महोत्तरीका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउन सकस परेको नेकपाका एक नेताले जानकारी दिए। 

नेकपाको जिल्ला समितिले महोत्तरीका चारवटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १८ जनालाई उम्मेदवारमा सिफारिस गरेको थियो।  

महोत्तरी क्षेत्र नम्बर १ बाट गिरिराजमणि पोखरेलसहित ८ जना सिफारिस भएका थिए। 

पोखरेल सो क्षेत्रबाट तीनपटक सांसद निर्वाचित भइसकेका नेता हुन्। ०७९ को निर्वाचनमा भने उनी सोही क्षेत्रबाट एमालेका लक्ष्मी महतोसँग पराजित भएका थिए। त्यतिबेला महतो २३ हजार ४०२ मत प्राप्त गरेर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत प्राप्त गरेका थिए। 

एमालेले फेरि पनि महोत्तरी १ बाट लक्ष्मी महतोलाई नै टिकट दिएको छ। पोखरेल पनि सो क्षेत्रबाट उम्मेद्वार बन्ने तयारीमा छन्। महोत्तरी १ बाट कांग्रेस, रास्वपा लगायतका दलले कसलाई उम्मेदवार बनाउँछन् टुंगो लागिसकेको छेन। 

महोत्तरी २ बाट नेकपाले मञ्जुकुमारी यादवसहित पाँचजनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ भने क्षेत्र नम्बर ३ बाट विजयकुमार चौधरीसहित तीन जना सिफारिस भएका छन्। 

क्षेत्र नम्बर ४ बाट भरतप्रसाद साह र वीरेन्द्र यादव सिफारिस भएका छन्। साह हाल मधेस प्रदेशका सांसद छन्। उनले सामाजिक सञ्जालमा आफू महोत्तरी ४ बाट उम्मेदवार बनेको दाबीसहितको पोस्टसमेत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad