नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि केन्द्रीय कार्यालय, सानेपाबाट निर्वाचन आयोगतिर गएका छन्।
शुक्रबार अपराह्न सानेपामा पत्रकार सम्मेलन गरेर कार्यवाहक सभापति खड्कासहितको टोली निर्वाचन आयोगति गएको केन्द्रीय सदस्य नैनसिंह महरले बताए। ‘सानेपाबाट हामी सबै निर्वाचन आयोग जाँदै छौँ,’ महरले भने।
विशेष महाविधेशनबाट गगन थापाको नेतृत्वमा गठन भएको कार्यसमितिका पदाधिकारी र सदस्य पनि निर्वाचन आयोगमै छन्। उनीहरू निवार्चन आयोगका पदाधिकारीसँग छलफल गरिरहेका छन्।
यसअघि शुक्रबार बिहान शेरबहादुर देउवा पक्षले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको थियो। त्यस्तै थापा नेतृत्वको टोलीले आधिकारिकताका लागि विशेष महाधिवेशनको विवरणसहित बिहीबार निवेदन दिएको थियो।
Shares

प्रतिक्रिया