राजनीति


ओलीको प्रश्न- दुनियाँको हिनामिना भएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ?

ओलीको प्रश्न- दुनियाँको हिनामिना भएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ?

नेपालखबर
माघ १, २०८२ बिहिबार १७:१८, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा थिति र विधिको शासन नरहेको टिप्पणी गर्दै वर्तमान अवस्था ‘जसको लाठी उसको भैंसी’ जस्तो बनेको आरोप लगाएका छन्।

बिहीबार ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित जेलभित्रका संघर्ष पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै महान्यायाधिवक्ताको कार्यालयको आलोचना गरे।

‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलंकित भएको छ,’ ओलीले भने, ‘यो लज्जाको विषय हो। यस्तो पनि हुन्छ?’

महान्यायाधिवक्ता सविता भण्डारीले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुुद्धीकरणको मुुद्धा फिर्ता लिएकी थिइन्। त्यसप्रति टिप्पणी गर्दै उनले  भ्रष्टाचार र कानुनी विचलन भइरहेको बताए।

‘दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ? महान्यायाधिवक्ताको कार्यालयले तिर्छ?’, ओलीले प्रश्न गरे। उनले भण्डारीका अनेक काण्ड आइरहेको समेत दाबी गरे।

‘एउटा काण्ड बिर्सियौं भन्यो, डिम्बको कारोबारको काण्ड आउँछ,’ ओलीले भने, ‘त्यो बिर्सियौं भन्यो, फेरि अर्को काण्ड। अहिले अभियोग परिवर्तनका काण्ड, मुद्दा फिर्ताका काण्ड आइरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad