राजनीति


‘स्वजागरण’ सुशासन र दिगो समृद्धिको आधारः प्रधानमन्त्री कार्की

‘स्वजागरण’ सुशासन र दिगो समृद्धिको आधारः प्रधानमन्त्री कार्की

नेपालखबर
पुस ३०, २०८२ बुधबार १६:१९, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छन्।

बुधबार आयोजित सुशासन र समृद्धिको लागि स्वजागरण कार्यक्रममा उनले स्वजागरण आध्यात्मिक अभ्यासमा मात्रै सिमित नरहेको बताएकी हुन्।

उनकाअनुसार स्वजागरण व्यक्तिगत अनुशासन, सामाजिक जिम्मेवारी र नैतिक प्रशासन निर्माणको प्रभावकारी जीवन पद्धति हो।

स्वजागरणले नागरिकलाई आन्तरिक रूपमा शान्त, सचेत र जिम्मेवार बनाउने तथा वाह्य रूपमा कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग गर्ने उनले बताइन्।

स्वजागरणले अधिकार मात्रै माग्ने नभई कर्तव्यको बारेमा पनि जानकारी राख्ने उनको भनाई छ। नेपालको मौलिक दर्शन, संस्कार र आध्यात्मिक परम्परामा आधारित स्वजागरणमार्फत जनशक्ति विकास र शासकीय सुधार अपरिहार्य भइसकेको उनले बताइन्। 

स्वजागरण व्यक्तिगत रूपान्तरणमा मात्र सिमित नभई नैतिक प्रशासन, जिम्मेवार नेतृत्व र प्रविधिको विवेकपूर्ण प्रयोगसँग जोडिँदै विश्वव्यापी बन्न गएको उनले बताइन्।

सुशासन र समृद्धिको लक्ष्य राज्य संयन्त्रमा मात्र सिमित नभएकाले निजी क्षेत्र, नागरिक समाज र विशेषगरी प्रविधिमैत्री तथा सचेत युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।

निजी क्षेत्रको व्यवसायिक नैतिकता, नागरिक समाजको प्रभावकारी निगरानी र युवाको सिर्जनशीलता, नवप्रवर्तन तथा जिम्मेवार नागरिकको चेतना बिना समावेशी र दिगो सुशासन सम्भव नहुने उनको भनाई छ। 

उनले भनिन्, ‘समृद्धिको आधार स्तम्भ नै स्वजागरण हो। स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्रै होइन, यो आन्तरिक रुपमा व्यक्तिगत खुशी र शान्त रहन सिकाउने र बाह्य रुपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पु¥याउने प्रयोगात्मक जीवन पद्धति पनि हो। स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशाशित र सचेत बनाउन सिकाउँछ, त्यसपछि मात्रै परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ।’ 

उनले विकास र समृद्धिको लागि सीपयुक्त दक्ष जनशक्ति निर्माणमा गर्नुपर्नेमा जोड दिइन्। युवापुस्तामा सिर्जनशीलता र दक्षता अपरिहार्य रहेको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad