राजनीति


कारबाहीपछि विश्वप्रकाशले भने- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दृढ छौँ

कारबाहीपछि विश्वप्रकाशले भने- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दृढ छौँ

नेपालखबर
पुस ३०, २०८२ बुधबार १६:११, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कारबाहीका बाबजुदत आफूहरु कांग्रेस र देशलाई बदल्ने प्रयासमा दृढ रहेको बताएका छन्। 

नेपाली कांग्रेसले उनी र अर्का महामन्त्री गगन थापालाई कारबाहीको निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘मेरो प्रतिक्रिया केवल यत्ति छ-कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ। बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ।'

शर्माले सहमतिका लागि नेतृत्वसँग राखेका ८ बुँदा सार्वजनिक गर्दै ‘कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ’ भन्दै प्रश्न समेत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad