राजनीति


फागुन २१ को निर्वाचन पार्टीका लागि अग्निपरीक्षा: माधवकुमार नेपाल

फागुन २१ को निर्वाचन पार्टीका लागि अग्निपरीक्षा: माधवकुमार नेपाल

नेपालखबर
पुस २९, २०८२ मंगलबार १५:५४, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको मितिमा नै निर्वाचन हुने बताएका छन्।

मंगलबार काठमाडौंमा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै उनले फागुन २१ मा निर्वाचन हुने उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। 

सहसंयोजक नेपालले निर्वाचन समयमा हुँदैन कि भनेर चुप लागेर नबस्न पनि पार्टी, नेता कार्यकर्तालाई सचेत गराए। उनले निर्वाचनका लागि पार्टीले घोषणा पत्र निर्माणको काम शुरु गरेको र निर्वाचन परिचालनका लागि पार्टीका संयोजक पुष्पकमल दाहालको नेतृत्व छिट्टै परिचालन कमिटी घोषणा हुने पनि बताए। 

उनले निर्वाचन पार्टीका लागि अग्नि परीक्षा भएकाले त्यसलाई पार लगाउनका लागि सिंगो पार्टी पंक्ति एकतावद्ध भएर परिचालन हुन जरुरी रहेको समेत बताए।

सहसंयोजक नेपालले भने,‘चुनावमा हाम्रो अग्नि परीक्षा हुनेछ। यस बीचमा चुनाव हुन्छ भन्ने नै हामीलाई लागेको छ। त्यसकारण चुनाव हुँदैन कि भन्ने कुरा ठानेर चुप लागेर, पर्खेर बस्ने होइन। चुनावको तयारीमा पूरै जुट्ने हो। र, यसका लागि हामीले निर्वाचनको बारेमा चुनाव घोषणा पत्र बनाउन पनि कमिटी बनाइसकेका छौँ। त्यसको मस्यौदाको काम पनि अगाडि बढन थालिसकेको छ। त्यसैगरी निर्वाचन परिचालन गर्ने कमिटी पनि हामी बनाउन गइरहेका छौँ।’ 

सहसंयोजक नेपालले निर्वाचनमा पैसाको लेनदेनलगायतका विकृतिको सामना गर्न पनि सचेत भएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad