राजनीति


कांग्रेस केन्द्रीय समिति भंग गर्न र गगनलाई नेतृत्व सुम्पन माग गर्दै भृकुटीमण्डपमा प्रदर्शन

कांग्रेस केन्द्रीय समिति भंग गर्न र गगनलाई नेतृत्व सुम्पन माग गर्दै भृकुटीमण्डपमा प्रदर्शन

भृकुटीमण्डपमा भित्र सञ्चालन भइरहेको बन्दसत्र र बाहिर प्रदर्शन गरिरहेका कांग्रेस कार्यकर्ता।


नेपालखबर
पुस २९, २०८२ मंगलबार १३:१४, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय समिति भंग गर्न माग गर्दै विशेष महाधिवेशनस्थल भृकुटीमण्डप प्रदर्शन सुरु भएको छ। विशेष महाधिवेशन पक्षधर महाधिवेसन प्रतिनिधि र अरु कार्यकर्ता जम्मा भएर १४ औँ महाधिवेसनबाट निर्वाचित केन्द्रीय समिति भंग गर्दै नयाँ नेतृत्व चुन्न उनीहरूको माग छ। 

विशेष महाधिवेशन पक्षधर र शेरबहादुर देउवा तथा शेखर कोइराला पक्षबीच वार्ता भइरहेको वेला विशेष महाधिवेशन नेतृत्व चयनमा आलटाल भइरहेको छ। पहिलो चरणको वार्तामा सहमति जुट्न सकेको छैन। 

दिउँसो फेरि दोस्रो चरणको वार्ता हुने तय भएको छ। तर यसबीचमा आफूहरूलाई झुटो बाचामा फसाएर देउवा पक्षले विशेष महाधिवेशन प्रभावित गर्न खोजेको भन्र्दै कार्यकर्ता विरोधमा उत्रिएका हुन्। 

उनीहरूले ‘झुटो बाचा मान्दैनौँ’ भन्दै गगन–विश्वलाई नेतृत्वमा ल्याउन नारा जुलुस सुरु गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad