गृह मन्त्रालयले ८ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयको सोमबारको निर्णय अनुसार दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन्। ५ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हेरफेर भएका हुन्।
उपसचिवमा बढुवा भएकी जुनु हमाल ढकाल डोल्पाको प्रमुख जिल्ला अधिकारी भएकी छन्। उनलाई गृह मन्त्रालयबाट डोल्पाको सीडीओमा पदस्थापन गरिएको हो।
यसअघि डोल्पाको प्रमुख जिल्ला अधिकारी रहेका भीमराज कोइरालालाई पाँचथरको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।
बझाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मुकेशकुमार केशरीले पाएका छन्। उनी यसअघि पञ्जिकरण विभागको निर्देशक थिए। बझाङका सीडीओ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।
यस्तै उपसचिवहरु नवराज बराल बाग्लुङ, भविश्वर घिमिरे कपिलवस्तु, कृष्णप्रसाद गैरे धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएका छन्। बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई गृह मन्त्रालय सरुवा गरिएको छ।
Shares

प्रतिक्रिया