लौरो अभियानले लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको हो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेसँगै लौरो चुनाव चिन्ह उनको वा उनको समूहको रहन नसक्ने लौरो अभियानका अभियान्ता डम्बर साहुले बताए। उनकाअनुसार लौरो स्वतन्त्रहरुको प्रतिक हो।
बालेन्द्र साह र उनको टिमले लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारित रुपमा फिर्ता गर्न माग गरे।
लौरो चुनाव चिह्न कुनै व्यक्ति, समूह वा गुटको नभएको बताए।


177
Shares

प्रतिक्रिया