नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।
बुधबार अपराह्न ४ बजे देउवा निवास महाराजगञ्ज पुगेर लिङ्देनले देउवासँग भेटवार्ता गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए।
पृथ्वी जयन्ती र समसामयिक राजनीतिका विषयमा उनीहरूबीच आधा घण्टा छलफल भएको प्रवक्ता श्रेष्ठले नेपालखबरलाई बताए।
‘कांग्रेसका सभापति शेरबहादुर देउवा र हाम्रो अध्यक्षज्यूबीच आज भेटवार्ता भयो। पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्षज्यू देउवा निवास पुग्नुभएको हो,’ श्रेष्ठले भने।
उनका अनुसार राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ।
120
Shares

प्रतिक्रिया