राजनीति


समानुपातिक सूचीबाट नाम फिर्ता लिने मिलन लिम्बूको घोषणा

समानुपातिक सूचीबाट नाम फिर्ता लिने मिलन लिम्बूको घोषणा

नेपालखबर
पुस २१, २०८२ सोमबार १७:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मिलन लिम्बूले समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन्। 

सोमबार लिम्बूले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै समानुपातिक सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको जनाएका छन्। ‘म, हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको ११० जनाको बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा समावेश रहेता पनि उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु,’ उनले भनेका छन्। 

संविधानमा सुनिश्चित समानुपातिक समावेशी प्रणालीलाई अवलम्बन गर्ने रास्वपाको प्रतिवद्धताका आधारमा समानुपातिकतर्फ उम्मेदवारी दिएको उनले उल्लेख गरेका छन्। अन्य पार्टीसँग एकता भएपछि व्यवस्थापनमा देखिएको समस्यालाई ध्यानमा राखेर नाम फिर्ता लिने निर्णय गरेको लिम्बूले जनाएका छन्। 

समानुपातिक उम्मेदवार छनोटका लागि रास्वपाले पार्टीभित्र पनि मतदान गरेको थियो। त्यसमा लिम्बूले सबैभन्दा बढी मत पाएका थिए। त्यसप्रति पनि उनले कृतज्ञता जनाएका छन्। 

लिम्बूले भनेका छन्, ‘समानुपातिक उम्मेदवार चयन गर्ने क्रममा प्राइमरी कलेक्सन भएको थियो। यस क्रममा अत्याधिक मत दिएर यहाँहरूले व्यक्त गर्नु भएको विश्वासप्रति कृतज्ञ रहँदै पार्टी नेतृत्व, रास्वपा मित्रहरू र आम शुभेच्छुकप्रति आभार व्यक्त गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad