नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीकाअनुसार आइतबार बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ।
बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको टुंगो लगाउने बताइएको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि आज र भोलि (पुस १३ र १४ गते) समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्य तालिका छ।
एमालेले आकांक्षीहरूको नाम संकलन गरेर समानुपातिक उम्मेदवारको सूची तयार पारिसकेको छ। अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले आकांक्षिको सूची तयार पारेका बताइएको छ।
आजको बैठकमा नेताहरूको कार्य विभाजन लगायत विभिन्न विषयमा पनि छलफल हुने अधिकारीले बताए।
108
Shares

प्रतिक्रिया