राजनीति


रवि–बालेन सम्झौताका यी हुन् साक्षी

जेनजी अगुवा केपी खनालदेखि कलाकार निश्चल बस्नेतसम्म सहभागी
रवि–बालेन सम्झौताका यी हुन् साक्षी

नेपालखबर
पुस १३, २०८२ आइतबार ७:३५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच एकता गर्ने सहमति भएको छ। 

सहमतिअनुसार दुई पक्षबीच एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी तथा सभापति रवि लामिछाने नै रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने समझदारी भएको छ।

आइतबार बिहान करिब चार बजेतिर रवि र बालेनले सात बुँदे यो सहमति पत्रमा हस्ताक्षर गर्दा दुवै पक्षका १२/१३ जना मात्रै त्यहाँ उपस्थित थिए। 

रास्वपा उपसभापति डीपी अर्याल, नेताहरू स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम साह त्यहाँ उपस्थित थिए। त्यसैगरि कुमार बेन, सुदिप ढकाल, जेनजीका एक जना अगुवा केपी खनाल, भुपदेव साह, कलाकार निश्चल बस्नेत लगायत पनि सहभागी थिए। 

सम्झौता पत्रमा हस्ताक्षर पछि रवि र बालेनले अंगालो हालेर तस्बिर खिचाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad