राजनीति


प्रधानमन्त्री र ३ नेताबीचको वार्ता बालुवाटारमा सुरु

प्रधानमन्त्री र ३ नेताबीचको वार्ता बालुवाटारमा सुरु

नेपालखबर
पुस १२, २०८२ शनिबार १५:३१, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की र  प्रमुख ३ दलका शीर्ष नेताबीचको वार्ता बालुवाटारमा सुरु भएको छ। 

फागनु २१ गते घोषणा भएको चुनावको वातावरण बनाउन प्रधानमन्त्री कार्की र प्रमुख ३ दल नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ छलफलमा जुटेका हुन्। 

बालुवाटार वार्ताका लागि सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले ३ वटै नेताको निवासमा गएर निमन्त्रणा दिएक थिए।

यसअघि मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलेका रोहवरमा पहिलो पटक प्रधानमन्त्री कार्की र ३ नेताबीच शीलत निवासमा वार्ता भएको थियो। 

त्यहीको भेटमा आजको वार्ता भत भएको थियो। नेपाली कांग्रेस, नेकपा एमाले लगायतले चुनावको वातावरण तयार नभएको भन्दै आइरहेका बेला प्रधानमन्त्री कार्कीले आफै अग्रसर भएर देउवा, ओली र प्रचण्डसँग संवाद थालेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad