राजनीति


३० उपसचिवको सरूवा, हेर्नुहोस् सूची

३० उपसचिवको सरूवा, हेर्नुहोस् सूची

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १८:२९, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन संयन्त्रमा 'प्रणाली सुधार'को चर्को नारा लगाइरहँदा शुक्रबार फेरि ठूलो संख्यामा उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयले राजपत्राङ्कित द्वितीय श्रेणीका ३० जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको हो।

मन्त्रालयको निर्णयअनुसार सरुवा गरिएकामध्ये ९ जनालाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। प्रमुख प्रशासकीय अधिकृतकै रूपमा रहेका ९ जनालाई नयाँ पालिकामा खटाइएको छ।

बाँकी कर्मचारीहरूलाई संघ र प्रदेशका विभिन्न मन्त्रालय तथा निकायहरूमा पदस्थापन गरिएको हो। मन्त्रालयले यसपटकको सरुवामा पनि पुरानै प्रवृतिलाई निरन्तरता दिएको भन्दै कर्मचारी वृत्तमा तीव्र असन्तुष्टि छ।

पछिल्लो समय सरुवा प्रक्रियामा मापदण्डभन्दा पनि पहुँच र भनसुन हाबी हुने गरेको गुनासो बढ्दो छ। वास्तविक आवश्यकता र कार्यक्षमताका आधारमा भन्दा पनि केही सीमित कर्मचारीहरू बारम्बार आफू अनुकूलका र आकर्षक मानिने स्थानमै घुमिफिरी पुग्ने गरेका छन्।

लामो समयदेखि एउटै निकायमा बसेका वा दुर्गममा सेवा गरेका कर्मचारीलाई प्राथमिकता दिनुको साटो 'पहुँच र शक्ति' केन्द्रको वरिपरि घुम्नेहरूले नै रोजेको ठाउँ पाउने गरेको कर्मचारीकै आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad