अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल सल्यानबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिश भएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सल्यानले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ खुल्लाबाट मल्लसहित तीन जनाको नाम सिफारिश गरेको हो। मल्लसँगै प्रकाश ज्वाला र टेकबहादुर बस्नेतलाई सिफारिश गरिएको नेकपा सल्यानले जनाएको छ।
मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्। उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा बसेर काम गरेका थिए। प्रचण्ड प्रधानमन्त्री हुँदा पनि उनी स्वकीय सचिव थिए। एक वर्षअघि प्रचण्डको सचिवालय छोडेर उनी भूगोलको राजनीति गर्न सल्यान गएका हुन्।
त्यस्तै, प्रकाश ज्वाला पूर्वमन्त्री हुन्। उनी गत निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। अहिले एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर नेकपा बनेको छ।
टेकबहादुर बस्नेत नेकपा (माओवादी केन्द्र)का पूर्वसांसद हुन्। उनी २०७४ सालको निर्वाचनमा सल्यानबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
Shares

प्रतिक्रिया