राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले राजनीतिक दलको कार्यालयमै पुगेर छलफल गर्नु सकारात्मक भएको बताएको छ।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको भेटपछि प्रवक्ता मनीष झाले भने, ‘पहिला सरकार भेट्न सिंहदरबार जानुपर्थ्यो, अहिले सरकार नै पार्टी कार्यालयमा आयो, यो सकारात्मक राजनीति र निर्वाचनको वातावरणका लागि राम्रो संकेत हो।’
उक्त छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन बाहेक अन्य विकल्प नरहेको स्पष्ट गर्दै फागुन २१ गतेको निर्वाचन नै सरकारको मुख्य लक्ष्य रहेको बताएका छन्।
96
Shares

प्रतिक्रिया