राजनीति


संवाद समितिले गर्‍यो रास्वपा कार्यालयको अनुगमन

संवाद समितिले गर्‍यो रास्वपा कार्यालयको अनुगमन

नेपालखबर
पुस ९, २०८२ बुधबार १६:४६, काठमाडौँ

सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयको अनुगमन गरेको छ। 

समितिले बुधबार दिउँसो ३ बजे वनस्थलीस्थित कार्यालयमा पुगेर अनुगमनका साथै नेताहरुसँग भेघाट गरेको थियो। समितिलाई रास्वपा उपसभापति डीपी अर्याल लगायतले स्वागत गरेका थिए।

समिति संयोजक तथा कानुन मन्त्री अनिल सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल पुगेका थिए।

रास्वपाका तर्फबाट उपसभापति अर्याल, अर्का उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनीष झा लगायत अन्य केन्द्रीय सदस्यसहितको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad