ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिबाट पछि हट्ने सोचमा नभएको र आगामी प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्ति मिलेर अघि बढ्ने स्पष्ट पारेका छन्।
बुधबार १ सय दिनको काम सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म मन्त्रीका रूपमा आएपछि राजनीतिक हिसाबले पनि इन्ट्री गरेको हुँ। मन्त्रीको हैसियतले जिम्मेवारी बहन गर्दै अघि बढिरहेको छु। उपयुक्त समयमा चुनावका लागि आवश्यक निर्णय लिनेछौँ।’
‘अब चुनावमा जाने नै भएपछि सबै नयाँ शक्ति मिलेर जानुपर्छ भन्नेमा हामी एक छौँ,’ उनले भने, ‘यसले देशका लागि परिवर्तनलाई संस्थागत गर्न र आगामी नेतृत्व सही ल्याउन सहयोग गर्नेछ। सबैले आ-आफ्नो क्षेत्रमा योगदान पुर्याउन पछि हट्न हुँदैन।’
Shares

प्रतिक्रिया