नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित कार्यालयमा सुरु भएको छ।
महाधिवेशनको कार्यतालिका हेरफेर लगायतका विषयमा निर्णय गर्न कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केहीबेर अघि बैठक सुरु भएको हो।
कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने तय भएको छ। तर नयाँ क्रियाशील सदस्यता वितरणलाई लिएर ढिलाइ हुँदा महाधिवेशनको कार्यतालिका परिवर्तन गर्न खोजिएको जनाइएको छ।
54
Shares

प्रतिक्रिया