राजनीति


राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्ड एकसाथ छलफलमा

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्ड एकसाथ छलफलमा

नेपालखबर
पुस ८, २०८२ मंगलबार १५:१६, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की ३ ठूला दलका शीर्ष नेतासँग राष्ट्रपतिले गर्न लागेको छलफलमा सहभागी हुने भएकी छिन्। 

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल हुन लागेको हो। 

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी हुँदै छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यद्यपि, उनले तीन ठूला दलका दोस्रो र तेस्रो तहका नेताहरुसँग भने संवाद गर्दै आएकी छिन्।

कार्कीले शीर्ष नेताहरुसँग भेट्न अनिच्छा देखाएपछि राजनीतिक दलका नेताहरुले त्यसको आलोचना गर्दै आएका थिए। 

राजनीतिक दलका नेताहरुसँग संवाद नै गर्न नचाहने सरकारले फागुन २१ गते चुनाव गराउन नसक्ने उनीहरुले तर्क गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad