जेनजी आन्दोलनपछि पार्टी पुनर्गठनको आवाज उठाइरहेका नेकपा एमालेका वर्तमान सचिव योगेश भट्टराई जारी एघारौँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरलको प्यानलबाट उपमहासचिव पदमा चुनाव लड्ने भएका छन्।
पोखरेल पक्षले केन्द्रीय समितिका लागि तयार पारेको उम्मेदवार सूचीमा उनको नाम उपमहासचिव पदका लागि तय गरिएको हो।
केपी शर्मा ओलीलाई अध्यक्ष पदमा टक्कर दिन लागेका पोखेरलको पक्षले केन्द्रीय समितिमा रहने ३०१ पदमै उम्मेदवार खडा गरेको हो।
आइतबार राति अबेरसम्म र आज (सोमबार) बिहान बसेको बैठकले १९ पदाधिकारीसहित सबै पदका लागि उम्मेदवार टुंगो लगाएको पोखरेल समूहका एक नेताले नेपालखबरलाई जानकारी दिए।
जसअनुसार अध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा सुरेन्द्र पाण्डे, तीन उपाध्यक्षमा बिन्दा पाण्डे, गोकर्ण विष्ट र परशु मेघी गुरुङले उम्मेदवारी दिँदै छन्।
यस्तै सचिवमा कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, रचना खड्का र इन्द्रलाल सापकोटालगायत उम्मेदवार बन्दै छन्।
आइतबार मात्र संशोधित एमाले विधानअनुसार पार्टी संरचना अब यस्तो हुनेछ:
-
अध्यक्ष: १
-
उपाध्यक्ष: ५
-
महासचिव: १
-
उपमहासचिव: ३
-
सचिव: ९
-
अन्य कमिटी : ३३ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो
-
केन्द्रीय कमिटी: ३०१
Shares

प्रतिक्रिया