नेकपा एमालेका केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापाले पार्टी छाडेका छन्।
पारिवारिक समस्याका कारण आफूले सक्रिय राजनीतिबाट बिदा लिएका थापाको भनाई छ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा रहन नसक्ने जानकारी गराउन चाहन्छु। साथै सदैब आन्दोलनप्रतिको निष्ठा र इमानमा कुनै कमि रहने छैन।’

महाधिवेशनको अघिल्लो दिन नेकपा एमालेका पोलिटब्युरो सदस्य दलबहादुर रानाले पनि पार्टीको सक्रिय राजनीति छाडेको घोषणा गरेका छन्।
आफूले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा रानाले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् गरेका हुन्।
459
Shares

प्रतिक्रिया