राजनीति


१० बुँदे सम्झौताप्रति असन्तुष्ट जेनजी समूह भन्छन्ः नवपुस्तामाथि धोका भयो

१० बुँदे सम्झौताप्रति असन्तुष्ट जेनजी समूह भन्छन्ः नवपुस्तामाथि धोका भयो

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १७:१२, काठमाडौँ

असन्तुष्ट जेन–जी समूहले सुशीला कार्की नेतृत्वको सरकारले सत्ता जोगाउन युवाहरुको भावना विपरित सम्झौताको नाटक गरेको आरोप लगाएका छन्। 

असन्तुष्ट समूहले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेन–जी आन्दोलनलाई नै हाइज्याक गरेर सत्ता कब्जा भएको आरोप लगाएका हुन्।

जेन–जी अगुवा रविकिरण हमालले बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशिला कार्की र ओमप्रकाश अर्यालले सम्झौताको नाटकमञ्चन मात्रै गरेको टिप्पणी गरे। भदौ २३ र २४ गते नेपालको नवोदित पुस्ताको आह्वानमा भएको विद्रोहलाई अपरहण गरेर, सत्ता ‘कु’ गरेर उनीहरूले नवपुस्तामाथि धोका दिएको आरोप लगाए। 

आफ्नो सत्ता जोगाउनको लागि युवामाथि घात हुने १० बुँदेको सम्झौताको नाटक गरेको र त्यसलाई परास्त गर्न आफूहरु लाग्ने उनको भनाई छ। 

उनले भने, ‘आफ्नो सत्ता जोगाउनको लागि हिजो सिंहदरबारमा बसेर यही युवामाथि घात हुने जुन १० बुँदेको सम्झौताको नाटक मञ्चन गरियो। त्यो नाटकमञ्चनलाई पूर्णतया परास्त गर्ने र त्यसलाई अस्वीकृत गर्ने काम अजय सोडारीको नेतृत्वमा भयो।’ 

हमालले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र वर्तमान प्रधामन्त्री कार्की र गृहमन्त्री अर्याल सबैले युवाहरूको भावनामाथि खेलवाड गरेको आरोप लगाए। आगामी दिनमा बन्ने सरकारले युवाहरूको भावनामा खेलवाड गर्ने सबैलाई कारबाही गर्ने उनको दाबी छ। 

जेन–जी सरिस्मा थापाले सम्झौताले आन्दोलनलाई बैधता दिएपनि सम्झौता कार्यन्वयनमा आशंका व्यक्त गरिन्। चुनावपछि अर्को सरकार बन्ने भएकोले यो सरकारसँग भएको सम्झौता आउने सरकारले कार्यन्वयन गर्नेमा आफूहरूलाई विश्वास नरहेको उनले बताइन्। वर्तमान सरकारले सम्झौतालाई दराजमा थन्काउने मात्रै काम गर्ने उनको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad