ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले रोल्पा बम विस्फोट परी चार जनाले ज्यान गुमाएको घटनाले आफू मर्माहत भएको बताएका छन्।
बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिका –४ गौरीगाउँ, मैतिगातिनामा भएको विस्फोटमा परी त्रिवेणी–७ का १४ वर्षीय लोकिराम डाँगी, ११ वर्षीया बिमला खत्री, ५ वर्षीय विजय खत्री र त्रिवेणी–४ का १३ वर्षीय गौरव नेपाली निधन भएको थियो।
मन्त्री पुनले घटनाका कारण परिवारका सदस्य गुमाएका शोकाकुल परिवारजनमा सवमेदना प्रकट गरेका छन्।
मन्त्री पुनले घटनाको छानविन भइरहेको भन्दै सत्यतथ्य पत्तालगाई दोषीमाथि कारबाही गर्न आफूले स्थानीय प्रशासनसँग समन्वय गरिरहेको बताएका छन्।
‘घटनास्थलमा सुरक्षाकर्मी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले गम्भीर छानबिन गरिरहनुभएको जानकारी प्राप्त भएको छ’, रोल्पाबाट निर्वाचित संघीय सांसद समेत रहेका मन्त्री पुनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग समन्वय भइरहेको जानकारी गराउँदछु।’

प्रतिक्रिया