राजनीति


गुण्डुमा ‘ओली कुटी’को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

गुण्डुमा ‘ओली कुटी’को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १५:३६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’को निर्माण सुरुवात गरिएको छ। 

एमाले नेता महेश बस्नेतका अनुसार ओली पत्नि राधिका शाक्यले शिलान्यास गरेकी हुन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओली गुन्डुमा बस्दै आएका छन्।

बस्नेतले नै अध्यक्ष ओलीको लागि गुण्डुमा नै  ‘ओलीकुटी’ निर्माण गर्ने घोषणा गरेका थिए।

‘ओलीकुटी’ निर्माणको लागि उनले संयोजकको भूमिका निर्वाह गर्ने स्थानीयको पहलबाट निर्माण गरिने बताइएको छ। 

ओलीको बालकोटस्थित निवासमा जेनजी आन्दोलनका बेला आगजनी गरेर नस्ट गरिएको थियो।

उक्त घरको अवलोकन गर्दै उनले सो घर राज्यको नाममा नामसारी गरिसकेकाले अब फेरि नबनाउने बताएका थिए।

 

 

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad