राजनीति


फागुन २१ गते निर्वाचन गराई युवाशक्तिको हातमा सत्ता सुम्पिनु हाम्रो दायित्व हो : प्रधानमन्त्री कार्की

फागुन २१ गते निर्वाचन गराई युवाशक्तिको हातमा सत्ता सुम्पिनु हाम्रो दायित्व हो : प्रधानमन्त्री कार्की

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १५:१८, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले सरकारले आगामी फागुन २१ गते निर्धारित आम निर्वाचन तय समयमा सम्पन्न गरी मुलुकको नेतृत्व युवाशक्तिको हातमा सुम्पिन तयार रहेको बताएकी छिन्।

ज्यापु संस्कृति विकास कोषद्वारा काठमाडौँमा आयोजित २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन मुलुकलाई तीव्र विकासतर्फ लैजाने महत्वपूर्ण मार्ग भएको उल्लेख गरिन्। 

‘भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै घटेका घट्नाहरुबाट हामीले एउटा पाठ सिक्नपरेको छ,’ कार्कीले भनिन्, ‘मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, आम जनतालाई रोजगारी, गास, बास, कपासको सुनिश्चितताको माग गरेको छ। ती मागहरुलाई पूरा गर्न सबैले कटिवद्ध भएर आ-आफ्नो ठाउँबाट लाग्न आवश्यक छ। यसका अतिरिक्त सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तिब्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो। तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको छ। यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा समेत गर्दछु।’

प्रधानमन्त्री कार्कीले भदौ २३-२४ मा गरिएको ‘जेन-जी आन्दोलन’ले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी तथा गास-बास-कपासको सुनिश्चिततासहितका मागहरू सम्बोधन गर्न सरकार गम्भीर रहेको स्पष्ट पारिन्। ती मागहरू पूरा गर्न सबै पक्ष एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो।

उनले संस्कृतिको संरक्षणलाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याउँदै उपत्यकाका नेवार समुदायलाई यमरी पुन्ही तथा ज्यापु दिवसको शुभकामना व्यक्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad