राजनीति


अध्यक्ष साम्पाङ भन्छन्ः श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन

अध्यक्ष साम्पाङ भन्छन्ः श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन

नेपालखबर
मंसिर १७, २०८२ बुधबार २०:१८, धरान (सुनसरी)

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेका छन्।

बराहक्षेत्र स्थित चक्रघट्टीमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने बताए।

‘हामी कसैसँग गठबन्धन गरेर होइन, आफ्नै बल र विश्वासको आधारमा चुनाव लड्छौँ,’ अध्यक्ष साम्पाङले भने, ‘नेपालको कुनै पनि राजनीतिक दल ‘चोखो र जनउत्तरदायी’ छैनन।’

जाति, धर्मवर्गका आधारमा फुटेको देशलाई जोड्न निस्केको हो श्रम संस्कृति पार्टी मुलुकको सामाजिक एकता र श्रमको सम्मानमा आधारित राजनीतिक संस्कृति विकास आफ्नो लक्ष्य रहेको उनले उल्लेख गरे।

अध्यक्ष साम्पाङले आफ्नो नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले हाल देशभर सङ्गठन विस्तारलाई आक्रामक रूपमा अघि बढाइरहेको जानकारी दिए। 

उनले भने, ‘जेनजी आन्दोलनपछि ठूला भनिने दलहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको बेला श्रम संस्कृति पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ। जनताको विश्वास र समर्थन वृद्धिले आफ्नो दल राष्ट्रिय विकल्पका रूपमा स्थापित भएको छ।’ रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad