ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अब देशकै नेतृत्त्व गर्नुपर्ने विचार आफूमा आएको बताएका छन्।
'उज्यालो नेपाल पार्टी'को घोषणासभाको प्रमुख अतिथि रहेका उनले देशकै नेतृत्व गर्ने विचार आएको बताएका हुन्।
'अब देशकै लिड गर्नुपर्छ जस्तो लागिरहेको छ। मैले विदेशमा घुम्ने मौका पाउँदा सबैसँग भेट्ने अवसर प्राप्त भयो,' उनले भने, 'विदेशमा रहेका नेपालीहरूले देशलाई कति माया गर्नुहुँदो रहेछ। उजयालो नेपाल पार्टीका लागि विदेशमा रहेका नेपालीको साथ सहयोग प्राप्त भएको मलाई लाग्छ।'
उनले उज्यालो नेपाल पार्टी अनुप उपाध्यायले बनाएको भन्दै श्रेय समेत दिए।
देशमा संकट हुँदा आफ्नो उपस्थिति हुने गरेको घिसिङको भनाइ छ। 'जुन-जुन बेला देशमा, संस्थामा क्राइसिस आउँछ मेरो उपस्थिति हुँदो रहेछ। विद्युत् प्राधिकरणमा क्राइसिस भएका बेला मलाई निर्देशक बनाउनुभयो। चिलिमे हाइड्रोपावरमा पनि क्राइसिस भएका बेला त्यहाँका स्थानीय जनता केन्द्रित भएर काम गरेँ,' उनले भने, 'त्यहाँबाट पनि निकालिएँ। आन्दोलन भयो त्यपछि फेरि विद्युत् प्राधिकरणमा आएँ र त्यसपछि समस्या समाधान भयो।'
'जेनजी' आन्दोलनले आफूलाई मन्त्री बन्ने अवसर प्राप्त भएको उनले बताए।
Shares

प्रतिक्रिया