राजनीति


पुराना शक्तिलाई फेरि कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिबीच एकता अपरिहार्यः सुमना

पुराना शक्तिलाई फेरि कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिबीच एकता अपरिहार्यः सुमना

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १६:१६, काठमाडौँ

पूर्वमन्त्री सुमना श्रेष्ठले मुलुकलाई निकास दिन वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएकी हुन्।

रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आएकी उनले  बुधबार उज्यालो पार्टी नेपाल घोषणा सभालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन्।

जेन–जी विद्रोहमार्फत अपदस्त भएका पुराना राजनीतिक दलका नेताहरूलाई कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिहरुबीच आपसी सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

उनले फराकिलो दृष्टिकोणसहित साझा एजेण्डामा आवद्ध हुन आग्रह गर्दै सुशासन, विधिको शासन, विभेदरहित समाज र समान अवसर प्रदान गर्ने दिशामा अघि बढ्न सबै पक्षलाई आह्वान समेत गरिन्।

उनले भनिन्, ‘धेरै जनाले सोध्छन् सुमना कहाँ छ? सुमना एकतामा छ। वैकल्पिक शक्तिहरुबीच एकता हुनैपर्छ। पुरानो राजनीतिक संस्कार जसलाई फाल्नको लागि हाम्रा भाइबहिनीहरूले स्कुल युनिफर्ममा गोली खाएर अपदस्त गरे उनीहरूलाई फेरि कुर्सिमा पुग्नबाट रोक्ने हामी सबैको दायित्व पनि हो। त्यसैले मैले सबैलाई अनुरोध गरेँ फराकिलो छाति राखौँ। एजेण्डामा एकरुपता ल्याऔँ। एजेण्डामा सहकार्य गरेर अब यो देशलाई निका दिउँ। अबको बाटो सुशासनको बाटो हो। अबको बाटो विधिको बाटो हो। र अबको बाटो भनेको विभेदरहीत समाज निर्माण तथा समान अवसरको प्रदान गर्ने समय हो।’

उनले आफू वैकल्पिक शक्तिहरूलाई एकतामा ल्याउने कार्यमा व्यस्त रहेको समेत बताइन्। उनले नेपाललाई नागरिकको पार्टी बनोस् भन्ने शुभकामना समेत दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad