ऊर्जामन्त्री कुलमान घिसिङको अगुवाइमा गठित ‘उज्यालो नेपाल पार्टी’कै चिह्नमा चुनाव लड्ने सहमति गरेको खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले आफ्नो निर्णय परिवर्तन गरेको छ।
पार्टीले अब आफ्नै चुनाव चिह्न (लाइक) मार्फत निर्वाचनमा प्रतिस्पर्धा गर्ने ‘हाम्रो पार्टी नेपाल’का केन्द्रीय सदस्य प्रेमनारायण विकले जानकारी दिए।
‘सुरुमा उज्यालो नेपाल पार्टीकै चिह्नमा चुनाव लड्ने सहमति गरेका थियौँ, तर यसमा कानुनी झमेला रहेछ’, बुधबार बिहान उनले नेपालखबरसँग भने, ‘साथै पार्टीले चुनाव जिते पनि अस्तित्व नदेखिने रहेछ, यसैले निर्णय परिवर्तन गरी अब आफ्नै चुनाव चिह्नमा चुनाव लड्ने भएका हौँ।’
यद्यपि ‘उज्यालो नेपाल पार्टी’सँग चुनावी तालमेल भने रहने उनको भनाइ छ।
यसअघि यही मंसिर १० गते दुई नयाँ राजनीतिक दल- उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले एउटै चुनाव चिह्न 'बिजुलीको चिम' प्रयोग गर्ने सहमति गरेका थिए।
बिजुलीको चिम उज्यालो नेपाल पार्टीको चुनाव चिह्न हो।
Shares

प्रतिक्रिया