नेपाली कम्युनिस्ट पार्टीले मंसिर २० गते जनकपुरधाममा एकताको सन्देश सभा गर्ने भएको छ।
१६ वटा विभिन्न राजनीतिक दलहरू मिलेर बनेको नेकपाले जनकपुरधामको तिरहुतिया गाछीमा मंसिर २० गते एकताको सन्देश सभा गर्न लागेको हो। सांगठनिक सुदृढीकरण तथा फागुन २१ गते हुने निर्वाचनको तयारी स्वरुप नेकपाले विभिन्न प्रदेशहरूमा पुगेर शिर्ष नेताहरूको उपस्थितिमा एकताको सन्देशसभा गर्न लागेको नेकपाका नेता महेन्द्रराय यादवले जानकारी दिए।
उनले सन्देश सभामार्फत एकता प्रकृयालाई सुदृढ बनाउनुका साथै फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तयार रहेको सन्देश दिने बताए।
८ वटै जिल्लामा सहजकर्ता खटाएर अमासभामा सहभागी हुनका लागि आम नागरिकलाई सहजीकरण गरिएको उनले बताए। सन्देश सभामा ४० हजार बढीको सहभागिता रहने अनुमान गरिएको छ।
सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, मातृका यादव लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
Shares

प्रतिक्रिया