राजनीति


कांग्रेस संस्थापन समूहका नेता जुटे छलफलमा

कांग्रेस संस्थापन समूहका नेता जुटे छलफलमा

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १२:४२, काठमाडौँ

विशेष महाधिवेशनको विपक्षमा रहेका संस्थापन समूहनिकट नेताहरूको भेला जारी छ। बानेश्वरको आनन्दभूमि होटलमा संस्थापन समूहका नेताहरू छलफलमा रहेको नेता गुरू बरालले जानकारी दिए। 

बैठकमा समूहका शीर्ष नेताहरू विमलेन्द्र निधि‚ प्रकाशमान सिंह‚ शशांक कोइरालालगायत ७० भन्दा बढीको सहभागिता रहेको उनको भनाइ छ। छलफल बिहान ९ बजेबाट सुरू भएको हो। 

यो समूह २१ फागुनको निर्वाचनअघि पार्टी महाधिवेशन गर्न नहुने पक्षमा रहेको छ। उता महामन्त्री गगनकुमार थापासहितका नेताहरू भने फागुन २१ को निर्वाचनअघि नयाँ नेतृत्व अनिवार्य भएको बताएका छन्। 

उनीहरूले विशेष महाधिवेशन गर्न पनि सभापति शेरबहादुर देउवासहितलाई दबाब दिइरहेका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad