राजनीति


एउटै चिह्नबाट चुनाव लड्न अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीद्वारा आयोगमा निवेदन

एउटै चिह्नबाट चुनाव लड्न अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीद्वारा आयोगमा निवेदन

नेपालखबर
मंसिर १०, २०८२ बुधबार २१:१९, काठमाडौँ

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन्।

उनीहरू चुनाव चिह्न चकिया (जाँतो)मा चुनाव लड्ने भएका हुन्। बुधवार निर्वाचन आयोग पुगेर राई, महतो र चौधरीले एउटै चुनाव चिह्नबाट निर्वाचन लड्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

सञ्चारकर्मीसँग कुराकानी गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष राईले जसपाको नेपाली कम्युनिस्ट पार्टीसँग कुनै एकता नहुने र निर्वाचनपछि पनि कुनै कम्युनिस्ट पार्टीमा मिसिने सम्भावना नरहेको बताए। 

‘नेपाली कम्युनिस्ट पार्टीमा एकता हुँदैन,’ राईले भने, ‘हामी तीन वटा दल मिलेर एउटै चुनाव चिह्नमा चुनाव लड्दै छौँ।’

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले टुट्नु र फुट्नु राजनीतिको संस्कार भएको जिकिर गरे। सबैभन्दा ठूलो कुरा मुद्दा हुने भन्दै आफ्नो मुद्दामा अडिग रहन सक्नुपर्ने बताए। ‘टुट्ने फुट्ने भनेको राजनीतिक संस्कार हो। सबैभन्दा ठूलो कुरा मुद्दा हो। मुद्दा उडेको देखियो भने समात्न खोज्ने हो,’ चौधरीले भने, ‘देश रहेन भने केको अधिकार? केको थारु? देश ठूलो कुरा हो।’

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले मूल्य, मान्यताको आधारमा एकीकृत हुनसके विभाजन कम हुने बताए। तर आफूहरू एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने उद्देश्यका साथ निर्वाचन आयोग पुगेको बताए। 

निर्वाचन आयोगमा हालसम्म १०१ वटा राजनीतिक दलहरूको निवेदन परेको निर्वाचन आयोगले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad