राजनीति


प्रधानमन्त्री कार्कीले खारेज गरिन् सचिवालयका प्रमुख स्वकीय सचिवकी पत्नीसहित १४ जनाको नियुक्ति

प्रधानमन्त्री कार्कीले खारेज गरिन् सचिवालयका प्रमुख स्वकीय सचिवकी पत्नीसहित १४ जनाको नियुक्ति

नेपालखबर
मंसिर १०, २०८२ बुधबार २१:२९, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले सल्लाहकार तथा सचिवालय टिम थप छरितो बनाएकी छन्।

प्रधानमन्त्री नियुक्त हुँदा २० जनालाई सचिवालयको विभिन्न जिम्मेवारीमा नियुक्त गरेकोमा त्यो संख्या कटौती गरी ६ जनामा झारिएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट बुधबार जारी विज्ञप्ति अनुसार अब सचिवालयमा मुख्य सल्लाहकार–१, जनसम्पर्क सल्लाहकार–१, प्रमुख स्वकीय सचिव– १, प्रेस संयोजक–१, स्वकीय शाखा अधिकृत (फोटोग्राफर)–१ र जनस्वास्थ्य विज्ञ (अवैतनिक)–१ गरी ६ जना मात्र कायम राखिएको छ। बाँकी सबै पदको नियुक्ति यही मंसिर ११ गतेदेखि लागू हुनेगरी खारेज गरिएको छ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौं संशोधन २०८) बमोजिम प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका कुल ६६ जनाको दरबन्दी कायम छ। 
यसअघिका सरकारहरूमा प्रायः सबै पदमा नियुक्ति गर्ने प्रचलन थियो। 

६६ जनाको दरबन्दीको ठाउँमा हामीले २० जनाको मात्र सचिवालय बनाएर मितव्ययी ढङ्गले कामकाज गर्दै आएकोमा त्यसमा समेत कटौती गरी अझ छरितो बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जनाएका छन्।

हालै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले सचिवालयमा आफ्नी पत्नी संगीता श्रेष्ठसहित नातेदारलाई नियुक्त गरेको भन्दै विवाद भएको थियो। विवादपछि प्रधानमन्त्री कार्कीले संगीतासहित १४ जनालाई हटाएकी हुन्।

प्रधानमन्त्रीको सचिवालयले भन्यो- प्रमुख स्वकीय सचिवले आफ्ना मान्छे नियुक्त गर्नु भएको छैन

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad