नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ।
भोलि (मंसिर ११ गते) का लागि तय गरिएको केन्द्रीय कार्य समितिको बैठक अब पर्सि (१२ गते) बस्ने केन्द्रीय कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।
बैठक शुक्रबार दिनको २ ० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि सूचित गरिएको छ।
महाधिवेशन विवादले नेपाली कांग्रेसको बैठक साढे एक महिनाभन्दा बढी समयदेखि बिच बिचमा स्थगित हुँदै, बस्दै आइरहेको छ।
21
Shares

प्रतिक्रिया