विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरण गर्ने निर्णय गरेको छ।
पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले रास्वपासँग एकता गर्ने निर्णय गरेको हो।
आगामी आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुनेछ।
एकताका बाँकी विषय पछि टुंगो लगाइने विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले बताए।
रास्वपाको नीति र नेतृत्व स्वीकार गरी एकताको निर्णय गरिएको सो दलले जनाएको छ।
234
Shares

प्रतिक्रिया