राजनीति


सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा अखिल क्रान्तिकारीका नेता पक्राउ

सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा अखिल क्रान्तिकारीका नेता पक्राउ

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १५:८, काठमाडौँ

सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेता पक्राउ परेका छन्। 

नेपाल ल क्याम्पसका निवर्तमान स्ववियु सभापति समेत रहेका अखिल क्रान्तिकारीका विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको हो। 

भदौ २४ गते जेनजी आन्दोलनमा उनले सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्दै गरेको भिडिओ सार्वजनिक भएको थियो। 

अदालतमा कागजनी र तोडफोड गरेर क्षति पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन अदालतमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिइसकेको छ। 

प्रहरीले यी र यस्तै घटनामा संलग्नलाई धमाधम पक्राउ गरिरहेको छ। काठमाडौँमा मात्रै पक्राउ पर्नेको संख्या २ सय नाघिसकेको छ।  २०७९ चैतमा ढुंगेल नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad