सेयरबजारमा आज साढे ६ अर्ब बढीको सेयर कारोबार भएको छ।
लगानीकर्ताहरुले बुधबार ६ अर्ब ६९ करोड रुपैयाँ बढीको कारोबार गरेका हुन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार १ करोड ३६ लाख कित्ता सेयर बिक्रीमा उक्त परिमाणमा कारोबार भएको हो।
योसँगै १४२ वटा सेयर बढ्दा १०४ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको नेप्सेले जनाएको छ। बुधबार बजार परिसूचक नेप्से ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा चढेको छ।
यस दिन सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ६२ करोडको कारोबार हुँदा शिवम् सिमेन्ट २६ करोड र हिमालयन डिस्टिलरीको २३ करोडको सेयर किनबेच भएको हो।
आज झापा इनर्जीको १० प्रतिशत, सागर डिस्टिलरी ९.९९ प्रतिशत, स्वस्तिक लघुवित्तको ९.९९ प्रतिशत, श्रीनगर एग्रिटेकको ९.९८ प्रतिशत र रिभर फल्स पावरको ९.६१ प्रतिशतले सेयर मूल्य बढेका छन्। बुधबार अधिकतम ३.९४ प्रतिशतसम्मले सेयर मूल्य घटेको नेप्सेले उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया