राजनीति


प्रगतिशील लोकतान्त्रिक पार्टीमा अध्यक्ष परिषद्, छानिए यी ५ नेता

प्रगतिशील लोकतान्त्रिक पार्टीमा अध्यक्ष परिषद्, छानिए यी ५ नेता

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १६:५१, काठमाडौँ

नव गठित प्रगतिशील लोकतान्त्रिक पार्टी ५ जनाको अध्यक्ष परिषद् घोषणा भएको छ। आइतबार एकता घोषणा गरिएको पार्टीमा बाबुराम भट्टराई, जनार्दन शर्मा लगायतका नेताहरू अभिभावकीय भूमिकामा बस्ने छन्। 

पार्टी सञ्चालनका लागि अध्यक्ष परिषद् बनाइएको छ। जसमा ५ जना रहेका छन्। अध्यक्ष परिषद्मा सुदन किराँती, सन्तोष परियार, दुर्गा सोव, अशोक जैसवाल र ओजस्वी भट्टराई रहेका छन्। 

जेनजीसहित विभिन्न क्षेत्र, समुदाय र वर्गको प्रतिनिधित्व हुनेगरि अध्यक्ष परिषद् बनाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad